एन आई सी एशिया बैङ्क लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको शेयर वैशाख १५ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।
लिलामी मार्फत विक्री हुन लागेको कम्पनीको २४ हजार कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु. ७१३ तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्ने बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले वैशाख २१ गते सम्ममा के कति दर भाउमा लिन कबुल गर्ने हो तपसिलमा उल्लेखित सर्तहरूको अधीनमा रही गोप्य सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताको लागि र सो भन्दा बढी लागि १०० ले भाग जाने गरी अधिकतममा माथि उल्लेखित सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।
उक्त बोलपत्र आवेदन फारम पाइने र बुझाउने स्थान एन आई सी एशिया बैङ्क लिमिटेडको कर्पोरेट कार्यालय: ट्रेड टावर नेपाल थापाथली, काठमाडौँ र शाखा कार्यालयहरू : क्रमशः विराटनगर-३, माेरङ्ग; आदर्शनगर, वीरगन्ज; महेन्द्रपुल, पोखरा; श्रवणपथ, बुटवल; हस्पिटल लाइन, धनगढी र वीरेन्द्रनगर, सुर्खेत रहेको सो कम्पनीले जनाएको छ ।
यस कम्पनीको बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ।
नागरिक लगानी कोषको संस्थापक शेयर आज देखि लिलामीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
