सन्राइज बैङ्कले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुविधा दिने क्रममा भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल (INDRAPRASTHA APOLLO HOSPITAL) सँग सम्झौता गरेको सो बैङ्कले बताएको छ । उक्त सम्झौता अनुसार अब सन्राइज बैङ्कका सम्पूर्ण ग्राहकहरूले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरूको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरूमा अधिकतम १०% सम्म छुट प्राप्त गर्न सक्ने सोही बैङ्कले जानकारी दिएको छ । सो सम्बन्धी सम्झौता पत्रमा सन्राइज बैङ्कका तर्फबाट बैङ्कका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गर्नुभएको थियो।
इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत स्थित एक प्रतिष्ठित अस्पताल हो जसले विभिन्न १४० देशका ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको सो बैङ्कले जानकारी दिएको छ । उक्त सम्झौता अनुसार सन्राइज बैङ्कका सम्पूर्ण ग्राहकहरूले सन्राइज बैङ्कको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षण देखि भर्ना खर्च सम्ममा १०% सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरूमा अपोलो हस्पिटल अन्तर्गत भारत भरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सक्ने सोही बैङ्कले बताएको छ । सो योजनाले सन्राइज बैङ्कका सम्पूर्ण ग्राहकहरूलाई लाभान्वित बनाउने आशा लिएको र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन्राइज बैङ्कले बताएको छ । भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर सन्राइज बैङ्कले छुटै Health Care Card पनि सञ्चालनमा ल्याइसकेको छ भने अपोलो लगायत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सन्राइज स्वास्थ्य योजना अन्तर्गत शोधभर्ना लिन सक्ने सो बैङ्कले जनाएको छ ।
सन्राइज बैङ्क र इन्द्रप्रस्थ अपोलो हस्पिटल बिच सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
