सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत पाँच वटा रूपान्तरणकारी क्षेत्र तोकेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्नुहुँदै पाँच वटा रूपान्तरणकारी क्षेत्र निर्धारण भएको बताउनुभएको हो ।
अर्थमन्त्री पुनका अनुसार कृषि क्षेत्रको रूपान्तरण, ऊर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता तथा औद्योगिक विकासलाई रूपान्तरणकारी क्षेत्रका रूपमा पहिचान गरेको छ ।
सरकारले वार्षिक बजेटमा पनि यी पाँच क्षेत्रलाई प्राथमिकतामा राखी रकम विनियोजन गरेको अर्थमन्त्री पुनले बताउनुभयो ।
कृषि र ऊर्जासहित पाँच रूपान्तरणकारी क्षेत्र पहिचान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
