ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ३७ अंकले बढेर २२३१ दशमलव ५७ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ४२ अंकले बढेर ४३५ दशमलव ०९ को विन्दुमा पुगेको छ ।
आज कूल २२६ कम्पनीका २६ लाख ९४ हजार ४२९ कित्ता शेयर रु १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९३९ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह ८ दशमलव १९ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह २९.२१ अङ्कले, होटल तथा पर्यटन उपसमूह शुन्य दशमलव ०७ अङ्कले, विकास बैंक उपसमूह २५.१८ अङ्कले, जलविद्युत उपसमूह ३०.२९ अङ्कले, वित्त उपसमूह ९.५ अङ्कले, निर्जीवन बीमा १३४.५१ अङ्कले, उत्पादन उपसमूह ३०.४९ अङ्कले, अन्य उपसमूह ८.९६ अङ्कले, लघुवित्त उपसमूह २९.०२ अङ्कले, जीवन बीमा उपसमूह ६६.५१ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ०७ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ११ अङ्कले बढेको छ।