ज्ञानमाण्डू। प्रभु बैंकले नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मुक्तिनाथ स्थित मुक्तिनाथ मन्दिरमा भेटी दान गर्दा क्यू आर कोड मार्फत् भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ । आज मिति २०७९/०२/१७ गते मंगलबारका दिन मुस्ताङ्ग स्थित मुक्तिनाथ मन्दिर परिसर, बारागाऊँ मुक्तिक्षेत्र गा. पा. वडा नं. ०१, मुस्ताङ्गको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैँक पोखरा कार्यलय प्रमुख डा. राम शरण खरेलज्यूले QR Code Payment System को समुद्घाटन गर्नुभएको हो ।
समुद्घाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैँक पोखरा कार्यलयका प्रमुखज्यूले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा विद्युतीय माध्यम मार्फत सरलता र सहजता आएको सन्दर्भ जोड्नु हुँदै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा मुस्ताङ्ग स्थित मुक्तिनाथ मन्दिर परिसर, बारागाऊँ मुक्तिक्षेत्रमा हुने भेटी दानको लागि नगदै बोक्नु पर्ने झण्झट हटेकोे बताउनुभयो । कार्यक्रममा आफनो मन्तव्य राख्नुहुँदै प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना ज्यूले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिबद्ध रहेको बताउनुभयो ।अत्याधुनिक प्रवधिको उच्चतम् प्रयोग गर्दै समग्र भक्तजनरुको चाहनालाई पहिलो प्राथमिकता सहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंक र सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल फोन पे विचको समन्वयनमा सञ्चालित क्यू आर कोड सेवा मार्फत् डिजिटल बैंकिङ्ग सेवा उपभोग गरी मुक्तिनाथ मन्दिरमा भेटी दान तथा आर्थिक सहयाग गर्ने सम्पूर्ण भक्तजन तथा चन्दा दाताहरुले अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको बैंकले जनाएकाे छ ।
मुक्तिनाथ मन्दिरमा प्रभु बैंककाे क्यू आर कोड सेवा सञ्चालनमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
