कुमारी बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले ७५ हजार ०१८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन्
यसमा २१ वैशाखदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले २१ वैशाखबाट बैङ्कको शेयर रजिष्टार, कुमारी क्यापिटल लिमिटेड काठमाडौँ-१ नक्साल, नागपाेखरी वा कुमारी बैङ्क लिमिटेडको प्रधान कार्यालय टंगाल, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने बैङ्कले जनाएको छ ।
७५ हजार ०१८ कित्ता संस्थापक शेयर बिक्री गर्दै कुमारी बैङ्क
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%