प्रभु बैङ्क लिमिटेडले आफ्ना भिजा कार्ड बाहक ग्राहकहरूलाई नव वर्ष उत्सव २०८० को छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग आपसी सम्झौतामा हस्ताक्षर गरेको छ ।
सो योजना मिति २०७९/१२/२८ बाट लागु हुनेछ । सो सम्झौतामा बैङ्कका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गर्नुभएको हो ।
सो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखी १४ सम्म डेबिट कार्ड मार्फत प्रीपेमेन्टमा ८% वा अधिकतम रु ७५०/- बराबरको छुट पाउनेछन् भने क्रेडिट कार्ड मार्फत १०% वा अधिकतम रु १००० /- सम्मको छुट प्राप्त गर्न सक्नेछन् । त्यसै गरी ग्राहकहरूले २०२३ अप्रिल १५ देखी २० सम्म २०% वा अधिकतम रु २००/- सम्मको छुट पाउन सक्नेछन् । उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरूले आफ्नो बैङ्क कार्ड सक्रिय गर्नु पर्दछ ।
दराजद्वारा सूचिकृत गरिएको स्वास्थ्य, सौन्दर्य र पहिरनका सामानहरूको खरिदमा ग्राहकहरूले २०% वा अधिकतम रु २००/- सम्मको छुट पाउन सक्नेछन्। प्री पेमेन्ट छुट सीमित अवधिको लागि मात्र जारी रहनेछ ।
नव वर्ष उत्सव २०८० को लागि प्रभु बैङ्क र दराज बिच सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
