
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ १२ गते, विहीबारका दिन छापावाला सुनको मूल्य तोलाको ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

विहीबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले अाेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन बुधबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको देख्न सकिन्छ ।