बन्दले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित
ज्ञानमाण्डू।सरकारद्वारा प्रतिबन्धित विप्लवले आह्वान गरेको बन्दले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको प्रभाव यसअघिको भन्दा बढी परेको छ। उपत्यका बाहिर जाने लामो दूरीका सवारी ठप्प छन् भने अघिकांश शैक्षिक संस्थाहरु बन्द गरिएका छन्।
बन्दको सर्वादिक प्रभाव उपत्यकाको सवारी आवागमनमा परेको छ । यसअघिको बन्दमा उपत्यकामा सार्वजनिक यातायातका साधन सञ्चालन गरिएता पनि आज निकै न्यून संख्यामा सवारीसाधन चलेका छन्। निजी, तथा अत्यावश्यक सवारीसाधन तथ एम्बुलेन्सहरू पातलो रूपमा सञ्चालित छन्।
बन्दको पूर्वसन्ध्यामा उपत्यकामा भएको श्रृखलावद्व विस्फोटका कारण जनजीवन त्रसित बनेको छ ।त्रासका कारण यसअघिको तुलनामा सार्वजनिक सवारी निकै कम मात्रामा सञ्चालित छन्। केहि क्षेत्रको तुलनात्मक रुपमा बढी सवारीको आवत जावत भएता पनि काठमाडौं, ललितपुरका भित्री भागमा कम मात्रामा सवारी गुडेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, उपत्यकाको सवारी आवागमन सोमबार बिहानैदेखि केही प्रभावित भएको छ । सडकमा सवारी गुडिरहेका भए पनि अन्य दिनभन्दा आज बिहानैदेखि कम सवारी चलेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार, उपत्यकाका नाकाबाट कुनै पनि सवारी साधन बाहिरिएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    
    
    
    
