धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १ दशमलव ०२ अङ्कले बढेर १९१९ दशमलव ४२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ६२ अङ्कले बढेर ३६१ दशमलव १४ को विन्दुमा पुगेको छ ।
आज कूल २५८ कम्पनीहरूका २५ लाख ३९ हजार ०४८ कित्ता शेयर रु. ८१ करोड ६२ लाख १९ हजार १२९ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य होटेल तथा पर्यटन उपसमूह ४१ दशमलव ७१ अङ्कले, लगानी उपसमूह शून्य दशमलव १४ अङ्कले, लघुवित्त उपसमूह ९ दशमलव १९ अङ्कले, निर्जीवन बिमा १८.६६ अङ्कले र अन्य उपसमूह ९.१२ अङ्कले बढेका छन्। यता, बैङ्किङ उपसमूह शून्य दशमलव १४ अङ्कले घट्दा विकास बैङ्क उपसमूह १२ दशमलव ८७ अङ्कले, वित्त उपसमूह ५ दशमलव ६९ अङ्कले, जलविद्युत उपसमूह शून्य दशमलव ९६ अङ्कले, जीवन बिमा उपसमूह ५०.८४ अङ्कले, उत्पादन उपसमूह ३.९३ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०२ अङ्कले र ट्रेडिङ उपसमूह १९.०७ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा १.०२ अङ्कको वृद्धि, नेप्से १९१९.४२ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
