नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजी लिमिटेड (SCT) तथा ‘क’ वर्गको वाणिज्य बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कबिच एससीटी युपीआइ (SCT-UPI) डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
विगत २० वर्ष देखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजी र स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ बनेको राष्ट्रिय वाणिज्य बैङ्कबिच भएको सो सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरेको कम्पनीले बताएको छ ।
सो सम्झौता पश्चात् राष्ट्रिय वाणिज्य बैङ्कका ग्राहकहरूले एससीटी युपीआइ (SCT-UPI) डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । साथै, एससीटी युपीआइ (SCT-UPI) सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटिएम, पोस, इकमर्स (ATM, POS, e-commerce) जस्ता सेवा सजिलै लिन सक्ने छन् ।