![](https://1.bp.blogspot.com/-lm3HV8R8U8s/YA5kRhY9GJI/AAAAAAAALmA/YVIneIvuOLwOeCxonbJBGu7jbkf2X_NfACNcBGAsYHQ/s16000/Gold%2BPrice%2BDown.png)
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ १७ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgcUcWs_6IOIuAdKjkbh8yH-U0PQICvKcb2iKIsbzKic4-PwAh8IB3YD4s2X0xF_--3drYpmjqzaJ0dUWUnlYQMYi80khZqpLNYU0x0OIPSVziPAR8Tgn4z60y0goSE7VRczCzV-q3l3M8pKf3c5NZ1w79PmCjOZThcDFuEKlTbtwSqD56XN1t7OjdJtQ/s16000/Screenshot_51.png)
मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको देख्न सकिन्छ ।