आर्थिक मिडिया सञ्चालकहरु संगठित भएका छन् । रोयल आचार्यको अध्यक्षतामा इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को गठन भएको हो । बुधबार काठमाडौंमा सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका संचालक रोयल आचार्यको नेतृत्वमा ९ सदसीय कार्यसमितिको गठन गरेको हो ।
इमानको कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधव प्रसाद तिवारी र अर्थबजार डटकमका डिल्ली प्रसाद सापकोटा चयन भएका छन् भने संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् । यस्तै संस्थाको उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन् । संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् भने कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छन् । थप दुई कार्यकारी समिति सदस्य संघको कार्यसमितिले मनोनित गर्नेछ ।
आर्थिक विधाका सञ्चारमाध्यमहरुको हकहितका लागि भन्दै गठन गरिएको इमानले आगामी साता एक भव्य कार्यक्रमसमेत गर्दैछ ।
इकोनोमिक मिडिया एसोसिएसन (इमान)को पहिलो अधिवेशन सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
