चालु आर्थिक वर्ष २०७९/८० को मंसिर सम्ममा कुल वस्तु निर्यात ३४.६ प्रतिशतले घटी ६७ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात १ खर्ब २ अर्ब रुपैयाँ थियो ।
नेपालबाट निर्यात हुने प्रमुख वस्तु पाम तेल, चालु आर्थिक वर्षको मंसिर महिना सम्ममा १० अर्ब ८७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले २७ अर्ब ४२ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.४ प्रतिशतको गिरावट हो। पाम तेलको निर्यातले नेपालको कुल वस्तु निर्यातको १६.२ प्रतिशत अंश ओगटेको छ।
सोयाबिन तेलको निर्यातले नेपालको कुल वस्तु निर्यातको १०.४ प्रतिशत अंश ओगटेको छ। नेपालले चालु आर्थिक वर्षको मंसिर महिना सम्ममा ६ अर्ब ९८ करोड रुपैयाँ बराबरको सोयाबिन तेलको निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले ३० अर्ब ५५ करोड रुपैयाँ बराबरको सोयाबिन तेलको निर्यात गरेको थियो। उक्त वस्तुको निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.१ प्रतिशतले घटेकाे देखिन्छ।
नेपालले यस आर्थिक वर्षको मंसिर महिना सम्ममा ४ अर्ब ७८ करोड रुपैयाँ बराबरकोऊलन कार्पेटनिर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले ३ अर्ब ७३ करोड रुपैयाँ बराबरकोऊलन कार्पेटनिर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१ प्रतिशतले बढेकाे देखिन्छ।
पोलिस्टर धागोको निर्यातले नेपालको कुल वस्तु निर्यातको ६.१ प्रतिशत अंश ओगटेको छ। नेपालले चालु आर्थिक वर्षको मंसिर महिना सम्ममा ४ अर्ब ११ करोड रुपैयाँ बराबरको पोलिस्टर धागोको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको पोलिस्टर धागोको निर्यात गरेको थियो। उक्त वस्तुको निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढेको देखिन्छ।
नेपालले चालु आर्थिक वर्षको मंसिर महिना सम्ममा ३ अर्ब १३ करोड बराबरको जुट जन्य पदार्थको निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधि सम्म नेपालले ३ अर्ब ३७ करोड रुपैयाँ बराबरको जुट जन्य पदार्थ निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२ प्रतिशतले घटेको देखिन्छ।
नेपालबाट निर्यात हुने अन्य मुख्य वस्तुहरूमा अलैँची, जिङ्क शीट, रेडिमेड गार्मेन्टहरू, जुस तथा चिया रहेका छन्।
के हुन् नेपालले निर्यात गर्ने मुख्य वस्तुहरू ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

100.00%

0.00%

0.00%

0.00%

0.00%
