गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २८.१४ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले २ करोड ०७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्तले १ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१५ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले ५४ करोड ४६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी २ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले १ अर्ब ७० करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ४ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
गणपति लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १६.९१ प्रतिशतले घटेर ८ करोड ६५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको वितरण योग्य मुनाफा ८ हजार ८३७ रुपैयाँ रहेको छ।
सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.५५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४० पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ६८० को आधारमा मूल्य आम्दानी अनुपात ५१.७८ गुणा रहेको छ ।
 
गणपति लघुवित्तको नाफामा २८.१४ प्रतिशतको गिरावट
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    