नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको छ ।
सो सम्झौताले नेपाल बैङ्क लिमिटेडका आदरणीय ग्राहकका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल सम्बोधन गरी समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा साबित हुने बैङ्कले विश्वास लिएको बताएको छ ।
सो कार्यक्रममा नेपाल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौता प्रति खुसी व्यक्त गर्नुहुँदै सो कल सेन्टरले बैङ्क र ग्राहकबिचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैङ्क र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताउनु भयो ।
उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैङ्कमा अत्याधुनिक कल सेन्टर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
