ज्ञानमाण्डू। नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी मिति २०७५ साल श्रावण ३१ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै मिति २०७५ साल श्रावण १ गते बाट लागुहुने गरी श्रमिकहरुको लागि देहाय बमोजिम न्युनतम पारिश्रमिक निर्धारण गरेको जनाएको छ ।
(क) चिया बगान बाहेकका श्रमिकका लागि
न्यूनतम पारिश्रमिक  |   आधारभूत पारिश्रमिक  (रु.)  |   महङ्गी भत्ता (रु.)  |   जम्मा (रु.)  |  
मासिक  |   ८४५५/-  |   ४९९५/-  |   १३४५०/-  |  
दैनिक  |   ३२५/-  |   १९२/-  |   ५१७/-  |  
प्रति घण्टा  |   ४३/-  |   २६/-  |   ६९/-  |  
(ख) चिया बगानमा काम गर्ने श्रमिकका लागि
न्यूनतम पारिश्रमिक  |   आधारभूत पारिश्रमिक  (रु.)  |   महङ्गी भत्ता (रु.)  |   जम्मा (रु.)  |  
मासिक  |   ६४६९/-  |   ४३१२/-  |   १०७८१/-  |  
दैनिक  |   २३१/-  |   १५४/-  |   ३८५/-  |  
प्रति घण्टा  |   ३१/-  |   २०/-  |   ५१/-  |  
चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया वगानका सरदार,नाइके र चौकीदारको समेत दैनिक भत्ता   |   –  |   –  |   ४२/-  |  
उपर्युक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन,२०७४ , योगदानमा आधारित सामाजि सुरक्षा ऐन,२०७४ र प्रचलित कानून बमोजिम श्रमिकले पाउने संचयकोष र उपदान लगायतका सुविधा प्रदान गर्नुपर्ने कुरा को अतिरिक्त स्थानीय सरकार संचालन ऐन,२०७४ को दफा १३ बमोजिम स्थानीय तह वा नेपाल कानून बमोजिम अन्य निकायलाई न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकार प्रदान गरिएकोमा त्यस्तो तह वा निकायले पारिश्रमिक निर्धारण गर्दा माथि तोकिए भन्दा कम नहुने गरी निर्धारण गर्न सक्ने कुरा समेत सो सूचनामा उल्लेख गरिएको छ । त्यस्तै उल्लेखित न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार संझौता गर्न नपाइने कुरा समेत सूचनामा जनाइएको छ ।
सूचना हेर्नका लागि http://dol.gov.np/site/news/18 मा क्लिक गर्नुहोस् ।
        
            
    
    
    
    
    