
ज्ञानमाण्डू।आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको मिती २०७७ साल फागुन १२ गते बुधबारका दिन बसेको सञ्चालक समितिको ९९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ दशमलव ८५ प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप वितरण गर्ने घोषणा गरेको छ ।
बुधबारका दिन बिहान ८ बजे बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ दशमलव ८५ प्रतिशतले हुन आउने बोनस शेयर लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने लघुवित्तले जानकारी दिएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्ता लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि लघुवित्तको पुँजी २८ करोड ६७ लाख ६३ हजार १४५ रुपैयाँ पुग्नेछ ।
