![](https://lh3.googleusercontent.com/-1xF8XDF1Yag/Ybw8mF66gbI/AAAAAAAAQeQ/2RUBnm2-FvElCSXPq7QyYyE4OLZQDbRRgCNcBGAsYHQ/s16000/image.png)
ज्ञानमाण्डू। नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटी (Lease Connectivity) को नयाँ महशुल दर कायम गरिएको छ । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट (Internet) तथा इन्ट्रानेट (Intranet) दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको कम्पनीले जनाएकाे छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhi7D7UsgHGsKiwks35uCebM_9JT8gD__S_fMKa3yfnPDHof_EDsm4dnBwdtIj6ibRczyB5mk2wdJTP0yvd4CydvTMNdERDSKSEz7fzgRCOF4olElyubJclGPIZp_GnfytOTTun0P-fnEmHA46DHtxOJ8ZM1ie0urAVFlrzpyFO_URPwfEiTl1htGIOYg/s16000/Screenshot_13.png)
इन्टरनेट (Internet) लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले रु. २,५००। रहेकोमा अब रु. १,६००। मात्र हुने कम्पनीले जनाएकाे छ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि रु. २,३००। बाट घटाएर रु. १,६००। नै कायम गरिएको कम्पनीले बताएकाे छ ।
५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः रु. २,१००। र रु. १,९००। रहेकोमा अब दुवैको महशुल दर रु. १,५००। कायम गरिएको कम्पनीले जनाएकाे छ ।
इन्ट्रानेट (Intranet) लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल रु. २,७००। रहेकोमा अब रु. २,४००।, ११ देखि १०० एमबीपीएसको रु. २,४००। रहेकोमा अब रु. २,१००। र १०० एमबीपीएस भन्दा बढीको रु. २,१००। रहेकोमा अब रु. १,८००। कायम गरिएको कम्पनीले जनाएकाे छ ।
नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहने कम्पनीले जनाएकाे छ ।