ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ८२ अंकले घटेर १९२१ दशमलव ३१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव २२ अंकले घटेर ३७२ दशमलव ६० को विन्दुमा पुगेको छ ।
आज कूल २३० कम्पनीहरूका ३० लाख ३७ हजार ६८० कित्ता शेयर रु १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य दशमलव बैंकिङ उपसमूह शुन्य दशमलव २९ अङ्कले र जीवन बीमा उपसमूह ९६ दशमलव ९ अङ्कले बढेकाे छ। यता, ट्रेडिङ उपसमूह १४ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह १७ दशमलव ९२ अङ्कले, विकास बैंक उपसमूह ४३.८३ अङ्कले, जलविद्युत उपसमूह ३६.१३ अङ्कले, वित्त उपसमूह २२.०४ अङ्कले, निर्जीवन बीमा १०९.९६ अङ्कले, उत्पादन उपसमूह ४८.४ अङ्कले, अन्य उपसमूह १३.७९ अङ्कले, लघुवित्त उपसमूह ३८.७९ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ०६ अङ्कले र लगानी उपसमूह १ दशमलव ०६ अङ्कले घटेका छन् ।