ज्ञानमाण्डू।सांग्रिला डेभलपमेन्ट बैङ्कले “बचत पनि बिमा पनि” नामको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । यस बचत खाता अन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी ३ वटा नयाँ बचत खाताहरू रहेका छन् । ती विभिन्न खाताहरू खोल्ने ग्राहकका लागि १६ लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरिएको बैङ्कले जनाएको छ ।

यसमा खाताको प्रकृति अनुसार दुर्घटना बिमा, औषधि उपचार बिमा तथा घातक रोगको उपचार बिमा सम्बन्धी सुविधाहरू रहेका छन् ।