ज्ञानमाण्डू।च्याम्पियन्स लिग फुटबल अन्तर्गत मङ्गलवार राति भएको खेलामा साबिक विजेता लिभरपुलले बेल्जियन क्लब जेन्कलाई २–१ ले पराजित गर्दै नकआउट चरण नजिक पुगेको छ ।लिभरपुललाई जित दिलाउन जर्जिन्हो विज्नल्डम र अक्सलेड चेम्वरलेनले गोल गरे ।
खेलको १४औं मिनेटमा जर्जिन्हो विज्नल्डमको गोलबाट लिभरपुलले खेलमा सुरुवाती अग्रता लिएको थियो । ४१औं मिनेटमा पाहुना टोलीका एमवीवानाले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
५३औं मिनेटमा अक्सलेड चेम्वरलेनले गोल गर्दै लिभरपुललाई खेलमा पुन अग्रता दिलाए ।त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल २–१ ले विजयी हुन सफल भयो ।
जित सहित समूह ईमा लिभरपुलले शीर्ष स्थानमा पुनरागमन गरेको छ । उसले ४ खेलबाट ९ अंक जोडेको छ । यता हारसँगै जेन्क १ अङ्कसहित पुछारमा छ ।