
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ३३ अंकले बढेर १९९५ दशमलव ३४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ४९ अंकले बढेर ३८८ दशमलव ९५ को विन्दुमा पुगेको छ ।
आज कूल २२६ कम्पनीका २९ लाख १४ हजार ५०५ कित्ता शेयर रु १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य बैंकिङ उपसमूह शुन्य दशमलव ७६ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४.८१ अङ्कले, जलविद्युत उपसमूह १८ अङ्कले, वित्त उपसमूह १०.९ अङ्कले, निर्जीवन बीमा ६.३७ अङ्कले र जीवन बीमा उपसमूह २.३६ अङ्कले घटेका छन् । यता, ट्रेडिङ उपसमूह १ दशमलव ५७ अङ्कले बढ्दा विकास बैंक उपसमूह ६.२३ अङ्कले, उत्पादन उपसमूह ११.७३ अङ्कले, अन्य उपसमूह ३३.८२ अङ्कले, लघुवित्त उपसमूह ४.२७ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ०२ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १९ अङ्कले बढेको छ।