![](https://1.bp.blogspot.com/-lm3HV8R8U8s/YA5kRhY9GJI/AAAAAAAALmA/YVIneIvuOLwOeCxonbJBGu7jbkf2X_NfACNcBGAsYHQ/s16000/Gold%2BPrice%2BDown.png)
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार २८ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEinZksZYVshQrrSKULK_cgdkz4oVfnClkSgvxSSVRu6M-dV9g8H7pjv6JvCjASWITJerDaef-hyvGpKl7wyERzqE1uHJf79IeYmbhO6fHDlA_fK6TIzQ_tT1hqu_0YR45G4Fq0oJfz-DXHhDOTXEtrTh5DdNIHCqQyqRYFRU-VOweZKR0Wm3TuiDzkb8A/s16000/Screenshot_33.png)
मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले घटेको देख्न सकिन्छ ।