![](https://1.bp.blogspot.com/-Envr6EnX8DM/YBE37I2giUI/AAAAAAAALro/MgI9hvu_X9cuXGNu71i8OCxN__-WhBRWQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-01-27%2Bat%2B15.37.30.png)
ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २४४१ दशमलव ८५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव ८६ अंकले बढेर ४४६ दशमलव ३८ विन्दुमा पुगेको छ ।
![](https://1.bp.blogspot.com/-aeFTCwXjA0g/YBE2OWLzkkI/AAAAAAAALrA/-Ukhgt3SDG0A0tvKrPjMImtgL7aPESJwQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-01-27%2Bat%2B15.27.11.png)
आज कूल २०८ कम्पनीका १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता शेयर रु ८ अर्ब ६२ लाख ३८ हजार ७७० मा खरिद बिक्री भए ।
कारोवार भएका कूल १२ मध्ये ५ उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ १०. १२ अङ्कले घट्दा विकास बैंक ६.२३ अङ्कले, होटल २४.३९, जलविद्युत् ४.०७, वित्त ६.७७, उत्पादन ३३.७५ र अन्य २.१९ अङ्कले गिरावट आएको छ । त्यस्तै, ट्रेडिङ ३२.९६ अङ्कले बड्दा , निर्जीवन बीमा ४६४.६८, लघुवित्त ६७.५१, जीवन बीमा १ र सामूहिक लागनी कोष ०.०३ अङ्कले बढेको छ ।
![](https://1.bp.blogspot.com/-AgyJv0mcBMQ/YBE205thrsI/AAAAAAAALrM/poJNVq_6B1sT9O_mWOylO2g6N49x9AqRgCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-01-27%2Bat%2B15.32.51.png)
कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ९३ करोड ३४ लाख २३ हजार ९०३ मा खरिद बिक्री भयो । त्यस्तै,प्राइम कमर्सियल बैंकको शेयर रु ३७ करोड ९३ लाख ४२२ मा कारोवार भयो । यता नेपाल बैंकको शेयर रु २८ करोड १४ लाख ८ हजार ८७१, प्रभु बैंकको शेयर रु २७ करोड ८४ लाख ५१ हजार १५३ मा कारोवार भयो । नेशनल लाइफ इन्स्योरेन्सको २४ करोडमाथि, शिखर इन्स्योरेन्सको २४ करोडमाथि, नेशनल हाइड्रोपावर र नेपाल टेलिकमको २० करोडमाथिको शेयर कारोबार भएको छ ।
![](https://1.bp.blogspot.com/-R2hlpw1Clvw/YBE2_5QKwfI/AAAAAAAALrQ/arFH1VY5o4UG3rZfpCUHBVKP03NQTMElgCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-01-27%2Bat%2B15.33.32.png)
परिसूचक उकालो लाग्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् भने गुराँस लघुवित्त वित्तिय संस्था र सपोर्ट लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले क्रमश ९ दशमलव ९७ तथा ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।
![](https://1.bp.blogspot.com/-A9_WPHTIHJM/YBE3KHXdENI/AAAAAAAALrY/LFgQwUjApFYeCB9zsM0UJpfAcfPopsZPwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-01-27%2Bat%2B15.34.12.png)
यता पोखरा फाइनान्सका लगानीकर्ताले ७ दशमलव ०५ प्रतिशतका दरले गुमाएका छन् ,सिटिजन्स मिउचल फन्डका लगानीकर्ताले ४ दशमलव ७२ प्रतिशतका दरले तथा श्री इन्भेटमेन्ट फाइनान्सका लगानीकर्ताले ४ दशमलव ७१ प्रतिशतका दरले गुमाएका छन् ।
![](https://1.bp.blogspot.com/-XeT69F9dRwQ/YBE3Td-2QvI/AAAAAAAALrc/eSTvVzJLx0c9c2_V7-maZpFxQiuU4xIIACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-01-27%2Bat%2B15.34.53.png)