ज्ञानमाण्डू । आज नेप्से २१.२६ अङ्कले बढेर १३४६.६४ पुगेको छ ।लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २१ अङ्कले उकालो लागेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९९ ले बढेर २८६.७५ मा पुगेको छ ।

नेप्सेले उकालो यात्रा तय गर्दा कारोवार रकम भने रु दुई अर्ब माथि नाघेको । कूल १७५ कम्पनीका ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर रु दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने बढेको छ । व्यापार ०.६२ र जीवन बीमा १.०९ले घटेको छ ।
आज बैकिंग उपसमूह २७.०४ अङ्कले, होटेल उपसमूह ८.६६ अङ्कले, विकास बैंक उपसमूह २८.३२ अङ्कले, हाइड्रोपावर उपसमूह ३.०९ अङ्कले, फाइनान्स उपसमूह ४.१८ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह १०१.५२ अङ्कले, उत्पादन उपसमूह ४७.७८ अङ्कले, अन्य उपसमूह्र ३.१६ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २२.१३ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०७ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह ०.६२ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १.०९ अङ्कले घटेका छन्।

कारोवारका आधारमा आज सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ११ लाख चार हजार ९६७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, गरिमा विकास लघुवित्त रु नौ करोड ४८ लाख ५८ हजार ३३०, एनआइसि एशिया बैंक रु छ करोड २९ लाख ९५ हजार ६८९, प्रभु बैंक रु छ करोड १९ लाख ९८ हजार १३५, हिमालयन डिस्टिलरी रु छ करोड १४ लाख ५५ हजार २२३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड पाँच लाख ४७ हजार ८६७ मूल्य बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
आज गरिमा विकास लघुवित्त ९.९३, नयाँ नेपाल लघुवित्त ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.८८, ग्लोबल आइएमई समुन्नत स्किम एक ८.८८, खानीखोला हाइड्रोपावर ७.१४ र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ७.०९ प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ४.७१, समता माइक्रोफाइनान्स ४.६३, अरुण काबेली ४, रिडी हाइड्रोपावर ३.७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३.५९ र युनाइटेड फाइनान्सका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए ।