
ज्ञानमाण्डू । आज नेप्से १७.११ अङ्कले बढेर १३४१.३८ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.७५ ले बढेर २८५.३७ मा पुगेको छ । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ । कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर रु एक अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।
आज बैकिंग उपसमूह १४.४८ अङ्कले, होटेल उपसमूह १.५६ अङ्कले, विकास बैंक उपसमूह १८.६४ अङ्कले, हाइड्रोपावर उपसमूह ९.८९ अङ्कले, फाइनान्स उपसमूह २.९१ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ९३.४७ अङ्कले, उत्पादन उपसमूह २०.२६ अङ्कले, अन्य उपसमूह्र ६.३९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ७०.२२ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ५३.२६ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१६ अङ्कले बढेकाे छ भने ट्रेडिङ उपसमूह १०.६७ अङ्कले घटेकाे छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १५ करोड दुई लाख १२ हजार ४५ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै एनआइसी एशिया बैंक रु ११ करोड २३ लाख २० हजार ३०२, सिभिल बैंक रु आठ करोड ३४ लाख १० हजार २१८, छिमेक लघुवित्त विकास बैंक रु पाँच करोड ३३ लाख ५० हजार ८३४, नागरिक लगानी कोष रु पाँच करोड २२ लाख ८२ हजार ९२६ र स्वरोजगार लघुवित्त विकास बैंकको रु तीन करोड ४९ लाख २२ हजार ६६४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार कालिका पावर १०, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.८३, नेपाल हाइड्रो डेभलपमेन्ट ७.५०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ६.३४, स्वरोजगार लघुवित्त विकास बैंक ६.१८ र दिव्यश्वरी हाइड्रोपावर का लगानीकर्ताले ५.८८ प्रतिशतले कमाए ।
त्यस्तै, युनियन हाइड्रोपावर ५.०८, सेन्ट्रल फाइनान्स ४.०८, रिलायन्स फाइनान्स ३.३५, साल्ट ट्रेडिङ कर्पोरेशन २.०५, बोटलर्स नेपाल तराई १.९९ र रैराङ हाइड्रोपावरका शेयरधनीले १.९२ प्रतिशतले गुमाए ।