
प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्टलाई सदस्य बनाइएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । यस्तै सञ्जयराज सिंह संयोजक रहेको प्राविधिक समितिमा वीरेन्द्रबहादुर चन्द, अमितवीर पाण्डे, अरुणकुमार अर्याल र सञ्जय गुरुङलाई सदस्यमा मनोनयन गरिएको छ ।
यसै गरी रोशनकुमार सिंहको संयोजकत्वमा आर्थिक समिति बनाइएको छ । उक्त समितिका सदस्यमा माधव कर्माचार्य र दुर्गाराज पाठक छन् । सञ्चार समितिको संयोजकमा अशोकनाथ प्याकुरेल तथा सदस्यमा भानुभक्त सिग्देललाई सदस्यका रूपमा चयन गरिएको छ । अध्यक्षमा चन्द निर्वाचित भएपछि क्यानको पहिलो बोर्ड बैठकले चार समिति गठन गरेको थियो । “हामीले अन्य समिति बनाउने योजना बनाएका छौँ”, अध्यक्ष चन्दको भनाइ छ ।रासस