ज्ञानमाण्डू। हिमालयन बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम  नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख प्रदान गर्ने भएको छ । 
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारबाट  स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम कोषमा उक्त रकम जम्मा गर्ने निर्णय  गरेको हो । 

बैंकले महामारीबाट बच्न कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका साथै  चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिको सुरक्षाका लागि आवश्यक  पर्ने स्वास्थ्य सामग्री खरिद गर्न देश र जनताप्रतिको आफ्नो दायित्वलाई  मनन गर्दै उक्त सहयोग गरेको जनाएको छ ।रासस
        
            
    
    