
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले कल निक्षेप र संस्थागत निक्षेपमा दिने ब्याजदर सम्बन्धीं मौजुदा व्यवस्थामा संशोधन गरेको छ । संशोधित निर्देशन अनुसार कल डिपोजिटमा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदर भन्दा बढी ब्याज प्रदान गर्न पाइने छैन भने कल डिपोजिट खाताको लागि चेक पनि जारी गर्न पाइने छैन । त्यस्तै कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शुन्य दशमलव पांच प्रतिशत विन्दु सम्म मात्र बढाउन सकिने गरी निर्देश गरिएको छ ।