
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २३ गते, साेमबारका दिन छापावाला सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
साेमबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन अईतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले बढेको देख्न सकिन्छ ।