
सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहद्वारा जारी गरिएको विज्ञप्तिमा तमाम राष्ट्रप्रेमी तथा स्वभाषाप्रेमी नेपालीको भावनाविपरीत अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नबनाउन ध्यानाकर्षण गराइएको छ ।यसैगरी सङ्घले भूकम्पपछि अलपत्र ललितपुरस्थित राष्ट्रिय पुस्तकालयलाई काठमाडौँमा सार्ने निर्णय स्थगन भएकामा पनि चिन्ता व्यक्त गरिएको छ । पठन संस्कृतिको प्रवद्र्धनका लागि राष्ट्रिय पुस्तक नीति ल्याउन र उक्त पुस्तकालयलाई जमलमा स्थापित गर्न पनि सङ्घले आग्रह गरेको छ ।रासस