ज्ञानमाण्डू। ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले हाल कायम रहेको संस्थापक समूहको ५४.३५ प्रतिशत शेयर स्वामित्वबाट ३.३५ प्रतिशत शेयर सर्वसाधारणमा परिवर्तन गर्ने निर्णय गरेको हो । यस पश्चात बैंकको संस्थापक हिस्सा ५१ प्रतिशत र सर्वसाधारणको हिस्सा ४९ प्रतिशत कायम भएको छ । साथै बैंक सञ्चालक समितिको बैठकले यस सम्बन्धि कामलाई पूर्णता दिनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय पनि गरेको जनाएकाे छ ।
ज्योति विकास बैंकको ३.३५% संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण हुँदै
Jyoti Bikash Bank Limited
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
