ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकको नाफा ४०.५९ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले १ अर्ब ५ करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकले २ खर्ब २४ अर्ब २३ करोड ७५ लाख ०७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब ७३ करोड १२ लाख १ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब २६ करोड ७१ लाख ७६ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ८४ कराेड ४७ लाख २५ हजार रूपैयाँ रहेको छ ।
As on 30th Ashoj 2077 BS
विवरण | प्रथम त्रैमास २०७७/७८ (रू हजारमा) |
चुक्ता पुँजी | रू १८,९७,५८,८० |
निक्षेप संकलन | रू २,२४,२३,७५,०७ |
कर्जा लगानी | रू १,९५,७३,१२,०१ |
खुद ब्याज आम्दानी | रू २,५९,३६,०९ |
नाफा/(नाेक्सान) | रू १,०५,८८,४० |
जगेडा कोष | रू ९,२६,७१,७६ |
संचित मुनाफा | रू १,८४,४७,२५ |
निष्कृय कर्जा | १.८३% |
प्रतिशेयर आम्दानी | २२ रुपैयाँ ३२ पैसा |
प्रतिशेयर नेटवर्थ | १५८ रुपैयाँ ५९ पैसा |
आम्दानी अनुपात | १२.१९ गुणा |
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६५.७५ प्रतिशतले बढेर २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ पुगेकाे छ ।
त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा २२ कराेड ६१ लाख ६१ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.८३ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ५९ पैसा छ र मूल्य आम्दानी अनुपात १२.१९ गुणा छ ।