
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन २४ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९६ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

मङ्गलबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ०५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको देख्न सकिन्छ ।