
ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ७ अंकले घटेर २४५५ दशमलव ३३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव ८ अंकले घटेर ४४३ दशमलव ९५ को विन्दुमा पुगेको छ ।

आज कूल २०८ कम्पनीका १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता शेयर रु ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ मा खरिद बिक्री भए ।
कारोवार भएका कूल १३ मध्ये मात्र २ उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ ४५ दशमलव ५५ अङ्कले घट्दा विकास बैंक ६०.६५ अङ्कले, जलविद्युत् ४०.९९ , वित्त २२.८५ , निर्जीवन बीमा ३४३.५७, उत्पादन १५०.४८, अन्य ४३.२३, लघुवित्त ११२.०८, जीवन बीमा ५१९.६७, सामूहिक लागनी कोष ०.२१ र लगानी उपसमूह १.९१ अङ्कले घटेका छन् । त्यस्तै, होटल तथा पर्यटन उपसमूह १६ दशमलव ८६ अङ्कले बड्दा ट्रेडिङ उपसमूह २७८.४९ अङ्कले बढेको छ ।
