
ज्ञानमाण्डू। नेपाल  इन्भेष्टमेण्ट बैंकको नाफा ४.७७ प्रतिशतले घटेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ नाफा कमाएको  थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब ५८ करोड ६६ लाख ९  हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१४  अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल  इन्भेष्टमेण्ट बैंकले १ खर्ब ६६ अर्ब ३५ करोड ६७ लाख ६३ हजार रुपैयाँ  निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब १ करोड ९६ लाख १६ हजार रुपैयाँ कर्जा  लगानी गरेको छ भने जगेडा कोषमा १२ अर्ब १५ करोड ३७ लाख रुपैयाँ र  संचित मुनाफा ३ अर्ब ११ कराेड ६२ लाख २४ हजार रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.६४ प्रतिशतले घटेर २ अर्ब ९८ करोड २४ लाख २९ हजार रुपैयाँ पुगेकाे छ ।
त्यस्तै  बैंङ्ककाे वितरण याेग्य मुनाफा ४९ कराेड ३८ लाख ३८ हजार रुपैयाँ र निष्कृय  कर्जा अनुपात २.७५ प्रतिशत छ । बैंङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ २७ पैसा छ भने प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ३९ पैसा छ र मूल्य आम्दानी  अनुपात २१.७८ गुणा छ ।
        
            
    
    