नेपाल टेलिकमको प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई जिरो व्यालेन्स प्याकेज योजना

ज्ञानमाण्डू। नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुलाई लकडाउनको अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउने हेतुले जिरो ब्यालेन्स प्याकेजको योजना ल्याएको छ ।

लकडाउन शुरु भएको मितिबाट ७ दिन सम्म अर्थात सन् २०२० मार्च २४ देखि ३१ (बि. सं. २०७६ चैत्र ११ देखि १८) सम्म कम्तिमा १ कल गरेका र मिति २०७७ बैशाख ८ गते मध्यरातमा ३३ पैसाभन्दा कम व्यालेन्स भएका मोबाइल नम्बरहरूमा उक्त प्याकेजसम्बन्धी सूचना एसएमएसबाट पठाइने, सो एसएमएस प्राप्त भएको दुई दिनभित्र सम्बन्धित मोबाइल प्रयोगकर्ताले उक्त एसएमएसमा उल्लेख गरिए अनुसार एसएमएसबाटै जवाफ फर्काउनु पर्ने र सम्बन्धित प्रयोगकर्ताले यसरी जवाफ फर्काएपछि कम्पनीले सो प्याकेज लागू गरी सोको जानकारी ग्राहकलाई पुनः एसएमएसबाट पठाउन कुरा टेलिकमले जनाएको छ ।

मापदण्ड अनुसार प्याकेज प्राप्त गर्न सक्ने प्रयोगकर्तालाई ७ दिन म्याद रहेको प्याकेज उपलब्ध गराइनेछ । सो प्याकेज अन्तर्गत सेवाग्राहीले १०० एमबी डाटा चलाउने, ५० मिनेट भ्वाइस कल गर्ने (नेपाल टेलिकमको नेटवर्क भित्र) र २५ वटा एसएमएस पठाउने सुविधा (नेपाल टेलिकमको नेटवर्क भित्र) निःशुल्क प्राप्त गर्नेछन् ।

कम्पनीले निर्धारण गरेको मापदण्ड बाहेकका नम्बरहरूमा सो प्याकेज उपलब्ध गराइने छैन । साथै, परिस्थिति र आवश्यकता अनुसार आगामी दिनहरूमा पनि कम्पनीले यस्ता योजनाहरु लागू गर्न सक्नेछ र सोको लागि मापदण्ड तयार गरी छनौट हुने नम्बरका ग्राहकलाई  एसएमएस मार्फत नै जानकारी गराइने कम्पनी जनाएको छ ।

यसैगरी कम्पनीले लकडाउन शुरु भएको मितिदेखि शुन्य व्यालेन्स भएका तर आगमन कल निषेध नभएका (अर्थात २४ मार्च २०२० पछि शुन्य व्यालेन्स भई रिचार्ज नभएका) प्रिपेड ग्राहकहरूले समेत प्याकेज प्रयोग गर्न तथा आगमन कल उठाउन सक्ने बनाउनको लागि आवश्यक न्यूनतम व्यालेन्स थप्नुका साथै उक्त नम्बरहरूको म्याद समेत ३० अप्रिल २०२० सम्म बढाउने निर्णय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x