
ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २० गते, बिहिबारका दिन छापावाला सुनको मूल्य तोलाको ८६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
बिहिबार सुनको मूल्यमा गिरावट आउदा चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
