
ज्ञानमाण्डू। असार ३२ गते अर्थात् असार मसान्त देखि श्रावण ०६ गते सम्ममा वाणिज्य बैङ्कहरूको निक्षेप ६३ अर्बले घटेको छ । नेपाल बैंकर्स एसोसिएसनले प्रदान गरेको तथ्याङ्क अनुसार श्रावण ०६ गते सम्म वाणिज्य बैङ्कहरूमा ४४ खर्ब ७८ अर्ब निक्षेप पुगेको थियो भने सोही अवधिसम्म वाणिज्य बैङ्कहरूले ४१ खर्ब ६५ अर्ब कर्जा प्रवाह गरेका थिए । समीक्षा अवधिमा कर्जा प्रवाहमा १० अर्बको गिरावट आएको थियो भने औसतमा कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ८७.७५ प्रतिशत कायम भएको थियो।
श्रावण ०६ गते वाणिज्य बैङ्कहरूको कुल निक्षेपमा ४३ खर्ब ७१ अर्ब स्वदेशी मुद्रा र १ खर्ब ७ अर्ब विदेशी मुद्रा रहेको छ भने कर्जा प्रवाह तर्फ गर्दा ४१ खर्ब ३२ अर्ब स्वदेशी मुद्रामा र ३३ अर्ब विदेशी मुद्रामा कर्जा प्रवाह भएको देखिन्छ।