
ज्ञानमाण्डू।मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको मिती २०७७ साल फागुन २३ गते आइतबारका दिन बसेको सञ्चालक समितिको २०६ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने बोनस शेयर तथा शुन्य दशमलव ६३१५७९ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप वितरण गर्ने घोषणा गरेको छ ।
आइतबारका दिन दिउँसो ४:३० बजे बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आ. व. २०६६/०६७ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजी १२ करोड १७ लाख ४० हजार ८५२ रुपैंया को १२ प्रतिशतले हुन आउने एक करोड ४६ लाख ८ हजार नौ सय एक रुपैंया बोनस शेयर साथै उक्त लाभांशमा लग्ने कर प्रयोजनार्थ हाल कायम चुक्ता पुँजीको शुन्य दशमलव ६३१५७९ प्रतिशतले हुन आउने ७ लाख ६८ हजार ८ सय ९८ रुपैंया ५३ पैसा नगद लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने लघुवित्तले जानकारी दिएको छ ।
