![](https://1.bp.blogspot.com/-62RkN9pMj3c/YFAUBFbciGI/AAAAAAAAMZA/VwzilrW8M8AibQMxSL6SBl-MePs16hx_gCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-16%2Bat%2B07.57.05.png)
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार चैत ३ गते, एक विकास बैंक र एक हाइड्रो गरि दुई कम्पनीको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले मंगलबार महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।
नेप्सेले मंगलबार महालक्ष्मी विकास बैंक लिमिटेडको ८ दशमलव ८० प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजनपश्चात महालक्ष्मी विकास बैंकको शेयरमूल्य २६९ रुपैयाँ निर्धारण भएको छ।
![](https://1.bp.blogspot.com/-pCqraYjUBWA/YFAOIeFktwI/AAAAAAAAMYo/hieogbXenZUlJ-I0hvqWcYG1bu2oOnASACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-16%2Bat%2B07.31.06.png)
सोही मूल्यलाई आधार मानेर मंगलबार महालक्ष्मी विकास बैंक लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले बैंकको अघिल्लो कारोबारी दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता २९३ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।
महालक्ष्मी विकास बैंक संगै, नेप्सेले मंगलबार नेपाल हाइड्रो डेभलोपर लिमिटेडको १५ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य ३२५ रुपैयाँ निर्धारण भएको छ।
![](https://1.bp.blogspot.com/-Jm6uwd9gzbs/YFAQyj3dqlI/AAAAAAAAMY4/_XRJdl5bFXcNEfSKCPh-7eSyHl-1hYU2ACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-16%2Bat%2B07.31.20.png)
सोही मूल्यलाई आधार मानेर मंगलबार नेपाल हाइड्रो डेभलोपर लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ३७४ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।