
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार चैत ४ गतेका दिन एक वाणिज्य बैंक सहित एक विकाश बैंक र एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार ग्लोबल आईएमई बैंक सहित लुम्बिनी विकास बैंक र नेपाल सेवा लघुवित्तको कुल २ करोड ८४ लाख ८२ हजार ६५० दशमलव ०१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

बुधबार सूचीकृत भएको ग्लोबल आईएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो। नेपाल स्टक एक्सचेन्जमा बुधबार ग्लोबल आईएमई बैंकको कुल २ करोड ६५ लाख ६६ हजार २३१ दशमलव ८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यस्तै, सूचीकृत भएको लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।नेपाल स्टक एक्सचेन्जमा बुधबार लुम्बिनी विकास बैंकको कुल १९ लाख १ हजार ४१८ दशमलव २१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

बुधबार एक वाणिज्य बैंक र एक विकाश बैंक साथै सूचीकृत भएको नेपाल सेवा लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २ दशमलव ५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो ।लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो। नेपाल स्टक एक्सचेन्जमा बुधबार नेपाल सेवा लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल १५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।