![](https://1.bp.blogspot.com/-9f_DfdVVkaE/YFwa9NHJ00I/AAAAAAAAMxU/tn3oqzInjMsLT6xjJng8ybstmSIAZ91FgCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-25%2Bat%2B10.53.52.png)
ज्ञानमाण्डू।सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको मिति २०७७ साल चैत्र ११ गते, वुधवार दिन अपरान्ह ३:३० वजे बसेको सञ्चालक समितिको १७१ औं बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा १५ दशमलव ७८९४ प्रतिशतले हुन आउने बोनस शेयर एवं नगद लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको छ ।
इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०६६/०६७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु. १ अर्वको १२ प्रतिशतले हुन आउने रकम रु. १२ करोड वरावरको बोनस शेयर तथा ३ दशमलव ७८९४ प्रतिशतले हुन आउने रकम रु. ३ करोड ७८ लाख ९४ हजार ७ सय ३६ रुपैया ८४ पैसा ( प्रस्तावित वोनस शेयर एवं नगद लाभांसमा लाग्ने कर समेत ) वरावरको नगद लाभांस समेत गरी कुल १५ दशमलव ७८९४ प्रतिशतले हुन आउने लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक वीमा समिति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले जानकारी दिएको छ ।
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले हाल कायम एक अर्व रुपैयाँ चुक्ता पुँजीमा उक्ता लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि इन्स्योरेन्सको पुँजी १ अर्व १२ करोड रुपैयाँ पुग्नेछ ।
![](https://1.bp.blogspot.com/-9xSjyjt9oLk/YFwWEzkQ2jI/AAAAAAAAMxM/m_SP_KZq90so_ur_sgh1RAFksa4ZQgWKQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-25%2Bat%2B10.32.59.png)