![](https://1.bp.blogspot.com/-T8-5w-5Nq4E/YGCKLPiYCYI/AAAAAAAAM1I/xRYkUNUHtPkLsgeDMtnFC91lw_EfNBgcACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-28%2Bat%2B19.37.08.png)
काठमाडौँ, गत २४ घण्टामा दुई हजार १०१ जनामा पिसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८९ जनासँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ८३९ पुगेको छ । हाल क्वारेन्टिनमा ५७ जना छन । त्यसैगरी आइसोलेसनमा एक हजार २८२ जना छन् ।
विगत २४ घण्टामा ९५ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार ५३० पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको मन्त्रालयले जनाएको छ ।रासस