ग्लोबल आइएमई बैङ्कको मर्जर तथा प्राप्ति यात्रा, १८ संस्थाहरूको मिलन

merger

ज्ञानमाण्डू। मिति २०६३ सालमा ‘क’ वर्गको कारोबार इजाजत प्राप्त गरी सञ्चालनमा आएको तत्कालीन ग्लोबल बैङ्क लिमिटेडले मिति २०६९ सालमा साबिकको आईएमई फाइनान्सियल इन्स्टिच्यूसन लिमिटेड तथा लर्ड बुद्ध फाइनान्स लिमिटेडलाई गाभे पश्चात् ग्लोबल आइएमई बैङ्क लिमिटेडको नामबाट कारोबार सुरु गरेको हो । तत्पश्चात् आ.व. २०६९/७० मा (नेपाल राष्ट्र बैङ्क बाट “ख” वर्गको इजाजत पत्र प्राप्त विकास बैङ्कहरू) सोसियल डेभलपमेण्ट बैङ्क र गुल्मी विकास बैङ्क यसमा मर्ज भए । आ.व. २०७०/७१ मा कमर्ज एण्ड ट्रष्ट बैङ्क नेपाल लिमिटेड (नेपाल राष्ट्र बैङ्क बाट “क” वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क) सँग मर्ज गरी दुई वाणिज्य बैङ्कहरूको ऐतिहासिक मर्जर सम्पन्न भयो ।

आ.व. २०७३/७४ को अन्त्यमा यस बैङ्कले पुन २ वटा (नेपाल राष्ट्र बैङ्कबाट “ख” वर्गको इजाजत पत्र प्राप्त विकास बैङ्कहरू) प्यासिफिक डेभलपमेण्ट बैङ्क र रिलायबल डेभलपमेण्ट बैङ्कलाई गाभ्यो । त्यस्तै आ.व. २०७६/७७ को सुरुमा हाथवे फाइनान्स लिमिटेड (नेपाल राष्ट्र बैङ्कबाट “ग” वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्था) र तत्पश्चात् तत्कालीन जनता बैङ्क नेपाल लिमिटेड (नेपाल राष्ट्र बैङ्क बाट “क” वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क) लाई मर्ज गराई विभिन्न सूचकाङ्कहरूमा अब्बलता कायम गरी देशकै एक अग्रणी बैङ्कको रूपमा सञ्चालन भई रहेको छ ।

ग्लोबल आइएमई बैङ्क लिमिटेडले पछिल्लो पटक जनता बैङ्क नेपाल लिमिटेडलाई गाभे सँगै यस बैङ्कमा गाभ्ने/गाभिने बैङ्क तथा वित्तीय संस्थाहरूको सङ्ख्या १८ (मर्जर तथा प्राप्ति भई आएका संस्थाहरूमा समाहित भएका समेत) पुगेको छ ।


आर्थिक वर्ष २०७८/७९ को पहिलाे त्रैमासको आधारमा कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रहेको छ भने जगेडा कोषमा ११ अर्ब २ करोड सञ्चित छ। असाेज मसान्त सम्म बैङ्कले २ खर्ब ६७ अर्ब निक्षेप सङ्कलन गरेकोमा २ खर्ब ५१ अर्ब कर्जा प्रवाह गरेको छ।

हाल ग्लोबल आइएमई बैङ्क मार्फत २७ लाख भन्दा बढी ग्राहकहरूले सेवा लिइरहेका छन् भने बैङ्कको २८७ शाखाहरू सञ्चालनमा छन् । साथै बैङ्कको २६३ शाखा रहित बैंकिङ्ग सेवा, २५२ एटिएम र ४८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टरहरू तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय पनि सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x