
ज्ञानमाण्डू।साताको अन्तिम कारोबारी दिन, धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । अघिल्लो कारोबारी दिन अर्थात् बुधबार ३२ दशमलव ४१ अंकले घटेर २६३२ दशमलव २० को विन्दुमा सम्हालिएको नेप्से परिसूचक आज १५ दशमलव ८० अंकले बढेर २६४८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव २१ अंकले बढेर ४७६ दशमलव ६० को विन्दुमा पुगेको छ । नेप्से झन्डै १६ अंकले उकालो लाग्दा, आज आधा दर्जन कम्पनीहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।

नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि केहि सुधार देखिएको छ। साताको अन्तिम कारोबारी दिन कूल २१४ कम्पनीका १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता शेयर रु ५ अर्ब ९१ करोड ८१ लाख ३९ हजार ८८८ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ६६ अर्ब ६९ करोड ९१ लाख ९० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये मात्र दुई उपसमूहको शेयर ऒरालो लागेको छ । आज बैंकिङ उपसमूह ९ दशमलव २२ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ११ दशमलव १२ अङ्कले, विकास बैंक उपसमूह ३८ दशमलव १७ अङ्कले, जलविद्युत उपसमूह ४ दशमलव ९८ अङ्कले, वित्त उपसमूह १ दशमलव ४१ अङ्कले, निर्जीवन बीमा ११४ दशमलव ९ अङ्कले, उत्पादन उपसमूह ४७ दशमलव २८ अङ्कले, अन्य उपसमूह २१ दशमलव ३१ अङ्कले, लघुवित्त उपसमूह ५३ दशमलव १९ अङ्कले, जीवन बीमा उपसमू ह ११ ४ दशमलव ०६ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १७ अङ्कले बढेको छ। यता, होटल तथा पर्यटन उपसमूह ५२ दशमलव ९२ अङ्कले घट्दा सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव ०६ अङ्कले घटेको छ।

कारोबारको आधारमा आज नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । आज नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ६२ करोड २७ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज ९ दशमलव ८४ प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नेपाल पूर्वाधार बैंक लिमिटेडको २५ करोड ८७ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज १ दशमलव ७५ प्रतिशतले घटेको छ ।
आज एन आई सी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडको २१ करोड ३५ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, आज हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी लिमिटेडको १९ करोड ५३ लाख रुपैयाँ माथिको र नबिल बैंक लिमिटेडको १६ करोड २२ लाख माथिको शेयर कारोबार भएको छ।

आज विशाल बजार कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीहरुको शेयर मुल्य धितोपत्र बजारमा आज १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यसै गरि, महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन्। यता ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् भने सकारात्मक सर्किट लेभलमा नै कारोबार भएको ज्योति लाइफ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका लगानीकर्ताले क्रमश: ९ दशमलव ९३ र ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन्।

त्यसैगरी आज सबैभन्दा धेरै हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले ३ दशमलव ४४ प्रतिशतका दरले गुमाएका छन् । यता पञ्चकन्या माइ हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलोपर्स र रिडी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले २ प्रतिशत भन्दा बढीका दरले गुमाएका छन्।