
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार, बैशाख २७ गतेका दिन एक वाणिज्य बैंक, एक विकास बैंक र एक लघुवित्त गरेर कुल तीनवटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार प्राइम कमर्सियल बैंक लिमिटेड, साहारा विकास बैंक लिमिटेड र गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडको गरि कुल २ करोड १३ लाख ११ हजार ८७९.७९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
जस मध्य, प्राइम कमर्सियल बैंक लिमिटेडको कुल २ करोड ९ लाख ७७ हजार ८ सय ७४ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको छ भने साहारा विकास बैंक लिमिटेडको कुल १ लाख ६७ हजार ८ सय ८८ दशमलव ०४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यता, गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडको पनि कुल १ लाख ६६ हजार ११७ दशमलव ५ ० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


सोमबार सूचीकृत भएको साहारा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २३ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । साहारा विकास बैंक लिमिटेडको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।

त्यस्तै, सूचीकृत भएको गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले पनि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।
शेयरधनीहरुको डिम्याट खातामा आएपछि उक्त बोनस शेयरहरु दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।