ज्ञानमाण्डू। प्राइम कमर्सियल बैंकको नाफा ३९.४० प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७  को दाेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ३० करोड ७ लाख ८७ हजार रुपैयाँ नाफा  कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब ८१ करोड ३३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ । 
१६  अर्ब ८ करोड ३० लाख ३६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम कमर्सियल  बैंकले १ खर्ब ३० अर्ब ९९ करोड ५२ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी १  खर्ब १९ अर्ब २७ करोड ४४ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४  अर्ब ९४ करोड ७६ लाख ३७ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ३७ कराेड ८२ लाख ९० हजार रूपैयाँ रहेको छ ।
 बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३४.६६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ५० लाख ५० हजार रुपैयाँ पुगेकाे छ ।
त्यस्तै  बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब २६ कराेड ४२ लाख ५२ हजार रुपैयाँ र निष्कृय कर्जा  अनुपात १.०८ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५५ पैसा छ  भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३३ पैसा छ र मूल्य आम्दानी अनुपात १९.६० गुणा छ ।
        
            
    
    