
ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बैशाख २८ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात सोमबार बैशाख २७ गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलबार सुनको मूल्यमा वृद्धि भएपनि चाँदीको मूल्यमा भने गिरावट आएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच हुँदैछ । सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले ओरालो लागेको देख्न सकिन्छ ।